ट्राफिकको सांगीतिक सन्देश, ‘रातो बत्तीमा रोकीने हरियोमा हिड्ने’ (भिडियो)



traffic

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
मदिरा सेवन गरेर वा ट्राफिक नियम पालन नगरेर दिनहुँ टुर्घटना र प्रहरी जरिवानामा पर्ने गरेको अवस्थामा ट्राफिक प्रहरीले एक सन्देश गीत ल्याएको छ । गीत-संगीत मार्फत ट्राफिक नियमको बारेमा आम सडक प्रयोगकर्ताहरुलाई सुसुचित गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवस्था विभागको संयुक्त पहलमा सन्देश मुलक ट्राफिक गीत “रातो बत्तीमा रोकीने हरियोमा हिड्ने” नामक गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो ।

यस सन्देश मुलक गीतमा ट्राफिक नियमका हरेक कुराहरु समावेश गरीएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। बाबुराम दाहालको शब्दमा, जुगल डंगोलको संगीत, सरोज ओलीको आवाज रहेको सार्वजनिक गीतमा निर्मल शर्मा गैंडा, सुरविर पण्डित लगायतका कलाकारहरुले अभिनय गरेका छन् । गीत, संगीतको माध्यमले पनि केहि सुसुचित हुने भएका कारण यो गीत बजारमा ल्याएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu