मोदीका कारण रोकियो ‘तितो सत्य’



tito-satya

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आए सगैं नेपालका विभिन्न कुटनितिक नियोगका व्यक्तिहरुले सगैं नेपाल सरकारले मोदीको गुनगान मात्र गाएको सुन्न सकिन्छ । त्यसैले होला लामो समय देखी नेपाल टेलिभिजनबाट प्रसारण हुदैं आएको हाँस्य टलिश्रृंखला तितोसत्यमा पनि मोदीको नक्कल गरेका कारण तितो सत्यको ५७६ औं श्रृखंलाको प्रसारण रोकेको छ ।

नेपाल टेलिभिजनले बिहिबार एक हप्ता अगाडि प्रसारित श्रृखंलालाई नै पुन प्रसारण गरेको छ। नेपाल टेलिभिजनको सेन्सर बोर्ड शाखाले टेलिभिजनमा सरकार एवम् छिमेकी राष्ट्रलाई विवादित पार्ने सामान्य प्रकृतिका सामाग्रीलाई पनि रोक लगाउने गर्छ । निजी क्षेत्रले निर्माण गर्ने कार्यक्रमका सामग्रीमाथि नेपाली टेलिभिजनले कडाइका साथ सेन्सर गर्ने गरेको छ जून धेरैजसो अवस्थामा नेपालको अभिव्यक्ति स्वतन्त्रताको कानुनसँग पटक्कै मेल खाँदैन ।

नेपाल टेलिभिजनको यो रवैयाप्रति असन्तुष्ट हुँदै दिपक राज गिरीले फेसबुकमार्फत आफ्नो कडा विरोध जनाएका छन् । उनले एनटिभीका कर्मचारीले विषय नबुझेर पटकपटक दुःख दिइरहेको तर अब आफुहरु नसहने बताएका छन् । उनले भनेका छन् अर्को हप्ता पनि नयाँ एपीसोड सुटिङ नगर्ने र अर्को हप्ता पनि मोदीकै क्यारिकेचर भएको एपिसोड लगेर बुझाउने दिपकले सञ्चारमाध्यम मार्फत खुलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu