सुस्मालाई मिसकल गर्ने को हुन् ? (भिडियो)



miss-call

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
लामो समय गीत लेखनपछि गायनमा लागेकी गायत्री थापाले आफ्नो लोक पप गीत ‘कल गर मायालु मिस कल नगर…’ रिलिज गरेकी छन् । गीतसँगै उनले यसको म्युजिक भिडियो पनि सार्वजनिक गरेकी छन् ।

थापाले यो गीतको म्युजिक भिडियो सामाजिक सञ्जालमार्फत रिलिज गरेकी हुन् । म्युजिक भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । निकै महँगो खर्चमा तयार गरिएको यो म्युजिक भिडियोमा अभिनेता गजित विष्ट र अभिनेत्री सुष्मा कार्कीले आइटम डान्स गरेका छन् ।

राशी भण्डारीले कोरियोग्राफी गरेको यो भिडियो निरोज श्रेष्ठले खिचेका हुन् । मित्र गुरुङले सम्पादन गरेको यो लोक आइटम भिडियो चलचित्रको आइटम गीतभन्दा कम नबनेको सञ्चारकर्मीको प्रतिक्रिया छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu