आयो गोबिन्दको ‘सत्यता-२’



satyata

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पहिलो एल्बम ‘सत्यता’ बाट सफलता पाएका गीतकार गोबिन्द प्रसाद उपाध्यायले अर्को एल्बम बजारमा ल्याएका छन् । ‘सत्यता सिरिज’ अन्तर्गत ‘सत्यता-२’ शनीवारबाट बजारमा आएको छ । राजधानीमा एक समारोह आयोजना गरी उक्त एल्बम लोकार्पण गरिएको हो । साथै एल्बममा समावेश ‘नफापेको मान्छे’ बोलको गीतको भिडियो समेत प्रिमियर गरियो ।

सार्वजनिक एल्बममा उपाध्यायका शब्दमा हरि लम्सालको एकल संगीत रहेको छ । अञ्जु पन्त, मनोज राज, शिव परियार, आस्था राउत, निखिता थापा, राज सिग्देल, पुष्पन प्रधान र युवराज चौलागाईँको स्वर रहेका सात गीत यस एल्बममा अटाईएको छ ।

सुरुमा सञ्चार संस्थामा जागिरे रहेका गीतकार उपाध्याय हाल एपेक्स डेभलपमेन्ट बैंकका प्रमूख कार्यकारी अधिकृत हुन् । बैंकिंङ् क्षेत्रमा रहेर पनि उनले लगातार संगीतमा समय खर्चिरहेका छन् । अघिल्लो एल्बमबाट उनले थुप्रै अवार्ड र सम्मान पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu