नम्रताको जीवनमा विधानको दृश्यांकन (भिडियो)



namrata

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पछिल्लो समय यूवापुस्तामाझ आफुलाई राम्रो गायिकाको रुपमा परिचय बनाउदैं गएकी गायिका नम्रता काफ्ले खरेलको नम्रता एल्बममा समाबेश ‘तिमी छौ र जीवन जीवन जस्तो लाग्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

किरण खरेलको गीत रचना रहेको उक्त गीतलाई हरि लम्सालले संगीत दिएका छन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । एकपछि अर्को गर्दै विभिन्न म्युजिक भिडियोबाट उत्कृष्ट तारिफ बटुल्दै आएका विधान कार्कीले यस म्युजिक भिडियोलाई निर्देशन गरेका हुन् ।

‘तिमी छौ र जीवन जीवन जस्तो लाग्छ’ बोलको म्युजिक भिडियोले दर्शक, स्रोताको मन जित्न सफल हुने निर्देशक कार्कीले ठुलोपर्दा डटकमलाई बताए । आफुले निकै मेहेनत गरेर यस भिडियोलाई निर्देशन गरेको पनि निर्देशक कार्कीले खुलाएका छन् । यो भिडियोमा अनिल थापा र बर्षा राउतले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu