नेपाली ताराका प्रतिस्पर्धिले नचाए हजारौं दर्शक



Nepali-Tara

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
सांगीतिक रियालिटि शो ‘नेपाली तारा ३’ का उत्कृष्ट १० प्रतिस्पर्धिहरुले शुक्रबार बसन्तपुर दरवार स्क्वायर डवलीमा हजारौं दर्शकलाई नचाएका छन् । सङ्गीत प्रेमीहरुलाई प्रवेश निःशूल्क गरिएको यो कन्सर्टमा हजारौंको संख्यामा दर्शकको भिड थियो ।

साङ्गीतिक प्रतिभाका धनी कोका–कोला नेपाली तारा ३ का उत्कृष्ट १० प्रतिस्पर्धिहरु विनोद राई, विशाल आत्रेय, दिवेश राई ,जलजला परियार, प्रताप दाश, प्रताप लामा, सुदेस सुवेदी, सुरेस लामा, सुष्मा विश्वकर्मा र श्वेच्छा ठकुरीले लाइभ कन्सर्ट मार्फत हजारौंको संख्यामा उपस्थित दर्शकहरुलाई आफ्नो प्रत्यक्ष प्रस्तुतिबाट मनोरञ्जन प्रदान गरेका थिए । उत्कृष्ट १० प्रतिस्पर्धीहरुले देश भक्ति र विभिन्न लोकप्रिय नेपाली गीतहरु जस्तै मेरो नेपाल, यो मन त मेरो नेपाली हो…., चौबन्दी चोली अनि रातो घाँगर, क्या दामी भो, को हो त्यो, खोइ त मलाई झुम्के बुलाकी, मलाई पुगेन, आदि गीतहरुबाट सांगीतिक माहौल तताएका थिए ।

कन्सर्टमा योभन्दा अघिल्लो संस्करणका विजेता सन्तोष लामा र धर्मेन्द्र सेवानले पनि गीत सुनाएका थिए। कोका–कोला नेपाली तारा ३ को विजेताले एउटा मोटरसाइकल लगाएत रु.२५०,००० नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गाना गाउने अवसर पाउनेछन् जसको ३ वटा म्युजिक भिडियो बनाइने छ। अन्तिम १० प्रतियोगिहरु प्रत्येकले रु.११००० नगद पुरस्कारका साथ विशेष टप १० एल्वममा एउटा गाना गाउने अवसर पाउनेछन् ।

कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्ट्रेलिया ट्रिपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन् । अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu