टोखामा अनु र गणेशको प्रेम झल्कियो



Anu

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली संगीत जगतमा ‘मेन्दो माया’ भन्दै एक दशक अघि प्रवेश गरेका गायक देवराज आले मगरले आफ्नो पछिल्लो एल्बम रूपमती सार्वजनिक सँगै आफ्नो दोस्रो म्युजिक भिडियो ‘जुन नजिकैको’ छायाँकन गरेका छन् । काठमाडौँको टोखा वरिपरी शिवराज गुरुङको निर्देशनमा फोटो पत्रकार नबिन गुरुङले उनको म्युजिक भिडियोको छायांकन गरेका हुन् ।

चर्चित मोडल तथा नायिका अनु शाह र गणेश तामाङ्ले अभिनय गरेको यस गीतको म्युजिक भिडियोलाई अनुप गिरीले सम्पादन गर्ने भएका छन् । माया प्रेममा बैबाहिक बन्धनमा बाँधिएका जोडीको कथालाई समेटेर म्युजिक भिडियो निर्देशन गरेको निर्देशक शिवराज गुरुङले जानकारी गराए ।

यसैगरी उनको जुन नजिकै बोलको गीत चर्चित गीतकार, पत्रकार नवराज लम्सालले लेखेका हुन् भने चर्चित संगीतकार हरि लम्सालले संगीत गरेका हुन् । यस म्युजिक भिडियोलाई छिट्टै नै सार्वजनिक गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu