सामाजिक मर्यादा भन्दै रातको रेट तोक्ने जिया (भिडियो हेर्नुहोस्)



Jiya-KC-Sexyश्यामसुन्दर गिरी, काठमाण्डौ। घत लाग्दो अभिनयले दर्शकको मन जित्न नसकेकी नायिका जिया के.सी अश्लिलतामा उदार हुने नायिकाको सुचीमा पछील्लो समयमा निकै अगाडि छिन् । छोटा पहिरन लगाउने नायिकाको दर्जामा कुनै समय रेखा थापा नम्बर १ को सुचीमा थिइेन भने अहिले रेखाको स्थानलाई जियाले छोटा पहिरन लगाएर मात्र होइेन अश्लिलतामा नै उनले रेखा लगायतका नायिकालाई ओभरट्याक गरेकी छिन् । यसो त फरक फरक नायिकाको फरक फरक चाल चलचित्र उद्योगमा कायमै छ । मिडिया, चर्चा र काम निरन्तर रुपमा पाईरहन नयाँ नायिकाहरुले पापड पेल्नु परेको अवस्थामा जिया अब्बल देखिन्छिन् ।

भलै उनी नेपाली चलचित्र क्षेत्रमा जब मिडियाको नोटिसमा परीन तब देखिनै उनलाई अश्लिलताको पराकाष्ट भन्ने गरियो । कारण उनि अभिनित चलचित्र एटीएम । यसरी एटीएम बाट हवात्तै मिडिया हाइेट लिएकी नायिका जियाको अभिनय धेरैले हेरेर मुल्याङ्कन पनि गरेका छन । उनको अभिनय भन्दा उनको अश्लिल रुप बिकेको हो भन्नेहरु प्रसस्तै भेटिन्छन् । तथापि उनी एउटै कुरामा जिकिर किन गर्दै छिन् भन्ने कुरा बुझ्न गाह्रो परेको छ त्यो हो उनले एटीएम देखी शुक्रबार रिलिज भएको चलचित्र बर्बाद सम्म आइपुग्दा पनि आफुले पारिवारिक चलचित्र खेलेको र सबै परिवारका सदस्य सँगै बसेर हेर्न मिल्ने भन्दै जिकिर गरेकी छिन । उनले सो कुरा बर्बाद रिलिजको केही दिन अगाडि आयोजित पत्रकार भेट्घाट कार्यक्रममा नै बताएकी हुन् ।

पटक पटक आफुलाई सामाजिक मर्यादा थाहा भएको भन्दै पानी माथिको ओभानो बन्ने कोसिस गरेकी थिइेन । अहिले उनी अभिनित बर्बाद रिलिज भइेसकेको छ । सो चलचित्रमा उनको केही अश्लिल दृष्य र सम्बाद पनि रहेको छ । सो चलचित्रमा उनले निकै आक्रोशित मुद्रामा ‘तँ जान्छस म सँग कती हो तेरो रेट ?’ समेत भनेकी छिन् । त्यती मात्र होईन जीवनमा सेक्स सबै कुरा होईन रे तर सन्तुष्टी सबै भन्दा ठुलो कुरा हो भन्ने धारणा संवादमा छ । अब यस्तो चलचित्र खेल्दै गर्दा जियाको भनाई र गराई मिल्छ र ? जिया निर्देशक दिपक श्रेष्ठको फिल्म ‘हो यहि माया हो’मा पहिलो पटक साधारण देखिएकी थिईन त्यसपछी दिपककै चलचित्र ‘रङ वे’मा भने उनी उच्छृंखल रुपमा देखिएकी छिन् । सो चलचित्रमा उनको वक्षस्थलबाटै पुरुष कलाकारले हात लगाएर ब्रा खोलिदिनुको साथै भित्री बस्त्र समेत खोलिएको देखाइएको छ । तर, पनि जिया भन्छिन्- ‘म कसैकी छोरी हुँ, भोली कसैको श्रीमती बन्नु पर्छ ।’

कसैको छोरी र कसैको श्रीमती बन्ने ध्यान राख्ने फेरी समाजको मर्यादा पनि बुझेको नायिकाले चलचित्रमा चाहीँ जे गर्न पनि छुट छ कि जियाको लागि सामाजिक मर्यादा भनेकै यस्तै हो ? समाजको मर्यादा थाहा हुनेले यि सब कुरामा ध्यान दिनुपर्छ या पर्दैन भन्नेमा उनी आँफैले सोच्ने कुरा हो तथापी उनको यस किसिमको अभिब्यक्ती कतै मिडियामा आएर चलचित्र चलाऊने दाउ त होईन ? समाजको मर्यादा ननाघेको बताउने जियाले यदी कुनै दिन सो सिमा पार गरिन् भने यहाँ कस्तो किसिमको चलचित्र बन्ला सोचै पर्छ ।

यस बारेमा जियासँग केहि कुराकानी गर्ने इच्छा लागेर टेलिफोन गर्दा उनले फोन उठाईनन् ।
भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu