दुबईमा सुनितालार्इ फकाउन मोहनले के गरे ? (भिडियो)



dubai

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पछिल्लो समय एक पछि अर्को गर्दै म्युजिक भिडियो निर्देशन कार्यमा सक्रियता देखाउँदै आएका सञ्चारकर्मी दयाराम घिमिरेले निर्देशन गरेको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । तिमी आउँ जिन्दगीमा नामक सार्वजनिक म्युजिक भिडियोमा मोहन बोगटि र सुनिता शर्मा अभिनय गरेका छन् ।

दुबर्इमा छायांकन गरिएको यस म्युजिक भिडियो लाइ बिपिन भाट ले सम्पादन गरेका हुन् । तेनहाङ राइको संगीत एवं राजेश बिद्रोहिको शब्द रहेको यो गित एल्वम सानु मा समावेश गरिएको छ । सार्वजनिक यस म्युजिक भिडियोमा प्रेमिले प्रेमिकालाइ फकाउन गरिएका विभिन्न कृयाकलाप देखाइएको छ ।

अबुधावि पुलिसमा कार्यरत मोहन बोगटिको अभिनयले म्युजिक भिडियोलाई अझ सशक्त बनाएको निर्देशक घिमिरेले बताए । सानै देखि उनि मोडलिङमा मोहन बोगटि रुचि राख्ने गर्थे । नायक हुनु उनको सपना नै थियो । उनको नायक हुने सपनाको ढोका खुल्दै छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu