रेखा भन्छिन्, ‘मरेको कुकुरले शिकार गर्दैन’ | विवाद ‘काली’ र ‘दामिनी’को



rekha-challengeजिवन पराजुली, काठमाण्डौ। ‘विराज भट्ट मेरै चलचित्रबाट आएर नेपालमा फ्लप भएर गएका हुन्। मेरो फोटो विराजसँग राखेर कालीसँग फिल्म जुधाउने फुर्ती कसैले नगरे हुन्छ’ यो भनाई नायिका रेखा थापाको हो। पहिलो पटक आफ्नै लगानीमा बनेको चलचित्र ‘काली’सँग बजारमा डिभिडी समेत आईसकेको भोजपुरी चलचित्र ‘दामिनी’लाई कालीसँग जुधाउन असोज २५ मा ल्याईने भएपछि उनले ठुलोपर्दा डटकमसँग यस्तो प्रतिक्रिया दिएकी हुन्।

‘मेरो चलचित्र हिम्मतबाट आएको हिरो विराजले अभिनय गरेको भोजपुरी चलचित्र ल्याएर मसँग प्रतिसपर्धा गर्ने प्रयास भएको छ जुन असफल प्रयास हो’ रेखा भन्छिन्, ‘मैले अतिथी भुमिका निभाएको भोजपुरी चलचित्रको पोष्टरमा मेरै फोटो राखेर कालीसँग ल्याउनु हाँस्यास्पद छ। पोष्टरमा मेरो फोटो राखेर दर्शकलाई मुर्गा बनाउन खोजिएको छ, यो कुरा दर्शकले आँफै बुझ्नुहुनेछ’। ‘मरेको कुकुरले शिकार गर्न सक्दैन’ रेखा थप्छिन्, ‘नेपालमा अस्ताईसकेको हिरोले मसँग कसरी प्रतिस्पर्धा गर्ला ?’

रेखाका अनुसार दामिनीमा उनको अतिथी भूमिका मात्र छ। सो चलचित्रमा दामिनीको भूमिका अर्थात मूख्य भूमिका भोजपुरी नायिकाको नै छ। प्राप्त जानकारी अनुसार वितरक उज्ज्वल पौडेल र मनोज राठीले काली आफुहरुले वितरण गर्न नपाएपछि रेखालाई दामिनीको चुनौती दिएका हुन्। अन्तिम समयमा रेखाको चलचित्र छविराज ओझाले किनेपछि पौडेल र राठीको हातबाट काली उम्केको थियो।

रेखाले कालीसँग फिल्म जुधाउने हिम्मत भए नयाँ नेपाली फिल्म जुधाएर देखाउन वितरकलाई चुनौती समेत दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu