गरिवीले गर्दा परदेश जानुको पिडा (भिडियो)



garibi

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
गरिवीका कारण विदेशीन बाध्य र विदेशमा रहदाँका पिडाहरुलाई गायक राज कुमार तामांगले आफ्नै लय र शब्दमा गायिका इन्दिरा गुरुङ सगँ उक्त पिडालाई गीत मार्फत प्रस्तुत गरेका छन् । गरिबीले बनायो परदेशी बोलको गीतको सार्वजनिक भिडियोले विदेशका पिडा र गरिवीलाई देखाउन खोजेको छ ।

सेलिब्रेटि नेपाल प्रोडक्सनले निर्माण गरेको भिडियोलार्इ सेलिब्रेटि नेपालको आफ्नै यु ट्युब च्यानल बाट सार्बजनिक गरेको हो । भिडियोमा अहिलेको डिजिटल प्रविधिलार्इ प्रयोग गरेर विदेशमा नै खिचिएको जस्तो देखाउन खोजिएको छ । जीवन शाहीले निर्देशन गरेको भिडियोलाइ बिरेन्द्र भट्टले खिचेका हुन् भने रंजित मानन्धरले सम्पादन र ग्राफिक्स गरेका हुन् ।

भिडियोमा आशा खड्का, कर्म लामा, सरन घिमिरेको अभिनय रहेको छ मुलबाटो एल्बममा समाबेश गीत केहि समय पहिले नै रेकर्ड भएको थियो । नेपाल बाट पैसा कमाउन विदेश जाने युवा हरुको संख्या अहिले निकै नै बढ्न थालेको छ । आफ्नै देशमा पनि केहि गर्न सकिन्छ बिदेशमा दुख पाएर बस्नु भन्दा आफ्नै देश फर्कनु भन्ने सन्देश गीतले दिन खोजेको भिडियोका निर्देशक जीवन शाहीले बताए ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu