नेपालकी आस्था ‘किंगफिसर सुपरमोडल–२ सिरिजकी विजेता



Aastha-pokhrel

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली मोडल आस्था पोखरेल भारतीय एनिडभिटी गुड टाइम्सको कार्यक्रम ‘किंगफिसर सुपरमोडल–२’ सिरिजकी विजेता भएकी छिन् । यससँगै उनी किंगफिसर क्यालेन्डरको आवरणमा देखिने निश्चित भएको छ । ४२ दिन चलेको सुपरमोडल सिरिजमा उनले विभिन्न देशका ९ प्रतिस्पर्धीलाई पछि पार्दै विजयी बनेकी थिइन् ।

किंगफिसर क्यालेन्डर २०१५ लागि क्यालेन्डर गर्ल छनोट गर्न सुपर मोडल प्रतियोगिता आयोजना गरिएको थियो । बलिउड अभिनेत्री नेहा धुपियाको प्रशिक्षण पाएका ९ मोडलहरुलाई पछार्न सफल आस्था चार वर्षअघिदेखि मोडलिङमा सक्रिय छिन् । आस्थाले आफ्नो सफलतासँगै आफ्नो सपना पूरा भएको प्रतिक्रिया दिएकी छिन् ।

२००३ देखि सुरु यस प्रतियोगितामा क्याट्रिना कैफ, याना गुप्ता, पुनम पाण्डे, दीपिका पादुकोण, नरगिस फाकरी र उज्ज्वला रावत जस्ता कलाकारहरु सहभागी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu