फागुनको दोस्रो सातामा छैठौं बालनाटक महोत्सव हुने



nabaraj

ठुलोपर्दा डटकम, काठमाडौं ।
पाँच वर्षदेखि नेपालमा हुँदै आइरहेको राष्ट्रिय बाल नाटक महोत्सवले यस वर्ष पनि निरन्तरता पाउने भएको छ । शैली थिएटरको आयोजनामा ‘छैठौं राष्ट्रिय बाल नाटक महोत्सव’ फागुनको दोस्रो साताको लागि तयारि सुरु गरिएको शैली थिएटरका निर्देशक नवराज बुढाथोकीले अनौपचारिक पत्रकार भेटघाटमा जानकारि दिए ।

यस अघि भएका पाँचवटा नाटक महोत्सवको सफलताले उर्जा मिलेको बताउँदै उनले यसपालीको महोत्सव अझ परिष्कृत रुपमा गरिने पनि जानकारि गराए । ‘यसअघिका महोत्सवमा काठमाडौंका नाटकको बाहुल्यता रहेकाले यसपालिको महोत्सवका लागि मोफसलका लागि जोड दिइरहेको साथै सकेसम्म भारतका बालबालिकाको नाटकबाट हाम्रा बालबालिकाले केहि सिकुन् भन्ने हाम्रो ध्येय हो ।’ रेडियो सञ्चारकर्मी समेत रहेका निर्देशक बुढाथोकीले योजना सुनाए ।

बालबालिकाको बौद्धिक विकास र अन्य क्षमता विकासका लागि ‘पर्फमिङ आर्ट’ को अत्यन्तै जरुरि रहेको र सिर्जनात्मकताको अभिबृद्धी भएको बालबालिका भविष्यमा जुनसुकै क्षेत्रमा पनि सफल हुने शैली थिएटरका सदस्य तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेन्द्र पौडेलले राय व्यक्त गरे । नाटक महोत्सवमा भाग लिनका लागि पुष ३० गतेसम्म बिहान ११ बजेभित्र रुसी साँस्कृतिक केन्द्रस्थित संस्थाको कार्यलयमा स्क्रिप्ट बुझाउन सकिने संस्थाले जानकारि गराएको छ । छनोटमा परेका नाटकलाई मञ्चनको क्रममा विज्ञ टोलीले विभिन्न पक्षबाट गरेको मुल्याङ्कनको आधारमा ‘चेखव उत्कृष्ट निर्देशन पुरस्कार’ ‘शैली उत्कृष्ट अभिनय पुरस्कार’ र बालकोसेली उत्कृष्ट नाटक पुरस्कार प्राप्त गर्ने संस्थाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

रु.पाँच सयमा स्त्रिप्ट दर्ता गर्न सकिने नाटकको विषय कुनै पनि तवरबाट बालबालिकासँग जोडिएको हुनु पर्ने, राज्यको नीति विपरित राष्ट्रिय अखण्डतामा आँच पु¥याउने खालको हुन नहुने, बालबालिकाको मनोवैज्ञानिक र नैतिक आचरणमा नकारात्मक असर पर्ने गरि भाषिक र विषयगत कुरामा अभ्यास भएको हुन नहुने र १२ जना भन्दा कम कलाकार राखि एक घण्टामा नाटक सक्नुपर्ने मापदण्ड संस्थाले तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu