ईशानी श्रेष्ठ मिस वर्ल्डको उत्कृष्ट १० मा पर्न सफल



Ishani-Shrestha-top-10
ईशानी सामुहिक नृत्यमा (रातो घेरामा)

ठुलोपर्दा डटकम, काठमाण्डौ। मिस वर्ल्डमा नेपाली प्रतियोगी मिस नेपाल ईशानी श्रेष्ठ मिस वर्ल्डको उत्कृष्ट १० मा पर्न सफल भएकी छिन्। इन्डोनेसियाको बालीमा सम्पन्न भएको मिस वर्ल्डको ६३ औं संस्करणमा १२७ देशमध्ये उत्कृष्ट १० मा पर्दै  ‘ब्युटी विथ द प्रपोज च्यालेन्ज’ को उपाधि जित्न सफल भएकी छिन् ।   शुक्रबार इसानीले सो उपाधी जितिकी हुन् ।  मिस वर्ल्डको अन्तिम चरणमा पुने इशानी एक मात्र मिस नेपाल बनेकी छिन् ।

विश्व सुन्दरी प्रतियोगितामा सहभागि सुन्दरीहरुले गरेको सामाजिक कामको आधारमा सो उपाधि दिने चलन छ । इशानीले जुम्लामा मुख तथा दाँतको स्वास्थ्य शिविर गर्नका लागि सञ्चालन गरेको प्रोजेक्टको कारण र उनको उक्त सामाजिक कार्यको मुल्यांकन गर्दै ‘ब्युटी विथ द प्रपोज च्यालेन्ज’को उपाधी इशानीले जितेको मिस वर्ल्डले जनाएको छ ।
यसैवीच मिस वर्ल्ड २०१३ को उपाधी भने फिलिपिन्सकी मेगन योङ्गले जितेकी छिन्। यस्तै फ्रान्सकी सुन्दरी मरिना फस्ट रनर अप र घानाकी सुन्दरी कारेन्जा सेकेन्ड रनर अप भइन् ।

उत्कृष्ट १० मा पर्नुअघि ईशानीले मेरो प्यारो माइतीघर बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने अन्य प्रतिस्पर्धीले उनलाई साथ दिएका थिए । ‘ब्युटी वीथ पर्पोज’को टाइटल जितेसँगै टप १५ मा परेकी इसानी अन्य पाँचलाई पछि पार्दै टप १० मा पर्न सफल भएकी हुन् ।

यो पनि पढनुहोस्:
इशानीले नेपाललाई दिलाईन मिस वर्ल्डको पहिलो उपाधि (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu