मस्त जवानीले मातिएकी निता ! (भिडियो सहित हेर्नुहोस्)



War-nepali-Filmश्यामसुन्दर गिरी, काठमाण्डौ। ‘म हुँ रुपकी रानी, मायाकी खानि…. छ मेरो मस्त जवानी, मस्त हुन्छन हेरी बैश मेरो सबैकी रानी…. म हुँ नैना…नैना…नैना…नैना…नैना…नैना… ‘ यो गीत सेक्सी शब्द सँगै सेक्सी हाउभाउमा नायिका निता ढुंगानाको मस्त जवानीले भरिएको गीत हो । बेईमान समय, उनी पर्दा भित्र जवानीले मस्त मातिएकी छिन् ।

आगामी कार्तिक ८ गते रिलिजको तयारी गरेको चलचित्र वारमा निता आइटम डान्समा प्रस्तुत भएकी छिन् । केही समय अघी सम्म ‘गाला रातै गाला रातै’ले चर्चामा चुलिएकी नायिका नितालाई नैनाले अझ कती उचाइे दिने हो त्यो आउदो समयले बताउछ तथापी ‘नैना नैना’ भन्दै कम्मर मर्काएको आइटम गीतको भिडियो पनि चल्ने सङ्केत देखिएको छ ।

प्राय: आइटम गीतमा नदेखिने निताले मुकुन्द भट्टले निर्देशन गरेको चलचित्र ‘वार’को सो गीतमा निकै आकर्षक ढंगबाट नृत्य गरेकी छिन् । सो आइटम गीत मानव सुवेदीको शब्द र संगीतमा इन्दिरा जोशी र मानव सुवेदीले गाएका हुन् । सो गीतको कोरियोग्राफी बब्बु थापाले गरेका छन् । सुबोध भट्ट र किशोर भट्टको संयुक्त लगानी रहेको वारमा नेपाली जडिबुटीमाथि विदेशी मुलुकले लगाएको गलत नजरलाई मुख्य विषयवस्तु बनाइएको छ ।

चलचित्रमा जडिबुटी नेपालको सम्पत्ति भएकोले नेपालमै नै उपयोग हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । चलचित्रमा निता ढुंगाना, कृष्ण भट्ट, लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रले सेन्सर बोर्डबाट पीजी सटिफिर्केट पाएको छ ।
भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu