प्रेममा भएको शंकाले युवतीको ज्यान लियो (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चर्चित गायिका अञ्जु पन्तको स्वरमा सजिएको अर्को नयाँ म्युजिक भिडियो बजारमा आएको छ । मेरो माया त झुटो थिएन नामक गीतमा सत्यराज चौलागाईँ, मेघा केसी, सुनिता, रवि र राजले अभिनय गरेका छन् ।

गीतले अनावश्यक शंका गर्दा कस्तो परिणाम आउँछ भन्ने देखाउन खोजेको छ । प्रेम रहँदा आफ्नो प्रेमिकालाई गर्ने विश्वास र बैवाहिक जिन्दगीमा बाधिए पछि हुने अनेकथरीका शंकाहरुलाई उक्त म्युजिक भिडियोमा उतार्न खोजीएको छ । सार्वजनिक गीतमा नागिन भण्डारीको शब्द, महेश खड्काको संगीत रहेको छ ।

नेत्र गुरुगंले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu