‘बिन्दास २’ मा नाङ्गिएकी अनिशा भन्छिन्, ‘गल्ती राजु गिरीको हो’



bindas-2श्यामसुन्दर गिरी, काठमाण्डौ। यहाँ आफ्नो चलचित्रको प्रचार प्रसार तथा चलचित्र चलाउनका लागि बिभिन्न रणनिती प्रयोग गर्ने गरिन्छ । चलचित्र भित्र कुनै उप्लब्धीमुलक कथा वस्तु दिन नसक्ने केही निर्देशकहरुले चलचित्र उद्योगमा नयाँ अनुहारलाई ‘मिस युज’ गर्ने गरिएको पनि छ तर चलचित्र पाउन र नायिकाको बिल्ला भिर्न पाए जे पनि गर्न तयार हुने ति नायिकाको सबै भन्दा कमजोरी पक्ष हो । यस्तै आरोप निर्देशक राजु गिरी माथि पटक-पटक लाग्ने गरेको छ ।

उनले निर्देशन गरेको जती पनि चलचित्र छन् ति सबै चलचित्रमा कसैलाई ढाँटेर त कतीपय लाई बाध्यतामा पारेर नायिकाहरुको पहिचानमा नै आँच आउने गरी ‘पोस्टर न्यूड’ गरी चलचित्र चलाइरहेका छन् । यसअघि निर्देशक गिरीले ‘बिन्दा’समा नायिका सुश्मा कार्कीलाई झुकाएर नायिका कार्कीको अश्लिल पोस्टर आउट गरी चलचित्र चलाए भने ‘रक्षा’मा पूजाना स्त्रीलाई पनि उनले पचास हजारमा राम्रै सँग प्रयोग गरेका थिए । यसरी नायिकालाई ‘बलिको बोका’ बनाएर चलचित्र चलाउन माहिर मानिने गिरीले पछील्लो समयमा अर्की नयाँ अनुहारलाई समेत बाँकी राखेनन् ।

आफ्नो क्षमता, बुद्धी र विवेकले भन्दा पनि विदेशी चलचित्रबाट चोर्न खप्पिस निर्देशक गिरीले चलचित्र उद्योगमा स्थापित नायिका बन्छु भनेर प्रवेश गरिकी अनिशा गुरुङलाई पहिलो प्रस्तुतीमा नै उनले स्वादिलो मसलाको रुपमा प्रयोग गरिसकेका छन् । शुष्मा कार्कीको हट दृश्यकै कारणले चर्चित बनेको फिल्म बिन्दासको सिक्वेल ‘बिन्दास २’ को पोस्टर चोरीएको हो । हिन्दी फिल्म ‘नशा’मा पुनम पाण्डेको उत्तेजक शरिरबाट प्रभावित हुँदै निर्देशक राजु गिरीले आफ्नो फिल्म ‘बिन्दास २’मा अनिशा गुरुङलाई नङ्गाएका हुन् । सो चलचित्रको पोस्टर डिजाईन हेर्दा निर्देशक गिरीले सस्तो प्रचार र लोकप्रियताका लागि गुरुङलाई नङ्गाएको अनुमान गर्न सकिन्छ । उक्त पोस्टर सार्वजनिक भएलगत्तै बिभिन्न आरोप र प्रत्यारोप खेप्न वाध्य बनेका गिरी अहिले कलाकारहरुले डबिङका लागि संपर्क नभएर तनाबमा भएको कुरा गिरीको फेस बुक स्टाटसले जनाउँछ ।

उता नवप्रवेशी नायिका अनिशा आफ्नो न्यूड पोस्टर सार्वजनिक भए देखी नै निकै मौन छिन । उनी किन यसरी मौन छिन भन्ने कुरोको चुरो उनलाई लाई थाहा होला तर ठुलोपर्दा डटकमलाई जिज्ञासा लागेर सोध्यौँ  ‘यो बिषयमा तपाईं किन मौन हुनुहुन्छ’ ? उनकै शब्दमा लेख्नु पर्दा “मलाई यो बिषयमा केही कुरा बोल्नु नै छैन त्यसैले फोर्स नगर्दा नै हुन्छ ।” तर अझ बुझ्ने प्रयास गर्दा उनले थपिन् “मैले फोटो शुट गर्दा फुल ड्रेसमा नै गरेको थिए तर पछी निर्देशकले त्यस्तो न्यूड गर्नु भएछ अब के भन्ने त तर यो बिषयमा मेरो कुनै गल्ती छैन ।” अनी आफ्नो गल्ती नहुँदा नहुँदै पनि तपाईं किन मौन त कि चर्चित हुने विचार हो भन्ने प्रश्नमा उनि भन्छिन्, “म आफ्नै काममा ब्यस्त छु, जे भयो भयो अब सार्बजनिक भएको कुरालाई प्रतिबाद गरेर कुनै फाईदा छैन भनेर हो तर म आफु चल्छु मिडिया हाइट लिन सक्छु भनेर होइेन परेको बेला म मिडियाको सामु भन्न सक्छु यो दोष भनेको राजु गिरीको हो ।”

आफ्नो न्यूड पोस्टर आएपनी उनलाई घरपरिवारबाट कुनै समस्या परेको छैन रे तर आफ्नो ब्यक्तिगत बिषयमा भने ठुलै असर परेको र सबैलाई स्पष्टीकरण दिनु परेकोले हैरानी भएको कुराको गुनासो गरिन् । नायिकालाई जानकारी नै नगराइ यसरी फुल ड्रेसको फोटोलाई न्यूड बनाउन कहाँ सम्म जायज हो या होइेन उनै निर्देशक र नायिकालाई नै थाहा होला तर समग्र रुप यस्ता चलचित्र र नायिकाको सस्तो लोकप्रियाता कमाउने दाउ भने कुनै पनि हालतमा राम्रो होईन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu