तेरियाले मच्चाईन जपानमा धुम



teriya

डीआईडी लिटल माष्टर्स विजेता नेपाली तेरिया फौजा मगरले आइतबार जापानमा धुम मच्चाएकी छिन् । नयाँ वर्षको अवसरमा मगर संघ जापानले आयोजना गरेको १९ औं लाङ्घाली साँझमा उनले आफ्नो जादुमय नृत्य प्रस्तुत गरेकी थिइन् ।

इकिबुकुरो बुन्का सेन्टरको सभाहलमा सम्पन्न साँझमा नृत्यांगना तेरिया मगरलाई हेर्न अध्यायन र रोजगारको शिलशिलमा जापानमा रहेका नेपाली भाषीहरुको उल्लेखनीय उपस्थिति थियो । आफ्नो आर्कषक नृत्य प्रस्चात तेरियाले जापानबासी नेपालीहरुलाई धन्यावाद पनि दिएकी थिइन् ।

तेरियासँगै गायिका मैना रेश्मी मगर, चर्चित युवा लोक तथा दोहोरी गायक दीपसागर थापा मगर लगायतका गायक, कलाकारहरुले आफ्नो भब्य प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu