ठुलोपर्दा डटकम, काठमाण्डौ ।
पुष २५ गते प्रदर्शनमा आउन लागेको चलचित्र आभाषले आफ्नो प्रचार प्रसारलाई अगाडी बढाउने क्रममा मंगलवार आभाष यूनिट काठमाडौंका विभिन्न कलेजहरुमा पुगेको छ । चलचित्रका निर्माता गोविन्द शाही, कलाकार सुनिल रावल, नायिका आष्मा डिसी, नायक सलोन बस्नेत लगायतको जम्बो युनिट काठमाडौंमा रहेका विभिन्न कलेजहरुमा चलचित्रको प्रचार प्रसारका लागी पुगेको छ ।
चलचित्र टिमले कलेजहरुमा गई विद्यार्थीहरुलाई आभाष चलचित्रको बारेमा जानकारी देखी पोष्टर समेत वितरण गरेको निर्माता गोविन्द शाहीले जानकारी दिए । यसरी नै भोली देखी काठमाडौंमा रहेका अरु कलेजहरुमा पनि चलचित्र आभाषको प्रचार गर्ने निर्माता शाहीले बताएका छन् ।
यूवापुस्ताको मनको भाव बोकेको चलचित्र आभाषलाई क्रिएटिभ फिल्म र ग्लसी पिक्चर्सको ब्यानरमा निर्माण गरिएको छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको छ भने गम्भीर विष्टको नृत्य निर्देशन र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहेको छ । सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र आभाषमा निशा अधिकारी, सलोन बस्नेत, सयंम पुरी, आष्मा डिसी लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई गोविन्द शाही र दिपक शाहीले संयुक्त निर्माण गरेका हुन् ।