पप्पुको एउटा काम, विकास बोर्डमै हुनेभो चलचित्र सेन्सर



pappu1ठुलोपर्दा डटकम, काठमाण्डौ। अध्यक्षको कुर्सीमा बसेको लामो समय पश्चात धर्मेन्द्र मोरवैता उर्फ पप्पुले आफ्नो डायरीमा एउटा काम थपेका छन्। सह्रानायोग्य कुनै काम नगरेका मोरवैताले निराश चलचित्रकर्मीलाई बचाउने स्वास फेराएका छन्।

सेन्सर बोर्डका अध्यक्षमा उमाकान्त पराजुली नियुक्त भएलगत्तै वोर्ड अध्यक्ष मोरवैताको कसरतमा अबदेखी नेपालमा प्रदर्शन हुने सम्पूर्ण चलचित्र चलचित्र विकास बोर्डमा नै सेन्सर हुने भएका छन्।

यतिबेला साहित्यकार कृष्ण धरावासीको चर्चित निबन्ध ‘झोला’ माथि यादव भट्टराईले निर्देशन गरेको चलचित्र ‘झोला’लाई विकास बोर्डमा नै सेन्सर गरिसकिएको बताईएको छ। हालसम्म कहिले चलचित्र संघमा त कहिले सुचना तथा सञ्चार मन्त्रालयमा चलचित्र सेन्सर हुँदै आएका थिए। स्वस्थ सेन्सर नभएको भन्दै चलचित्रकर्मीले बोर्डमा नै सेन्सर हुनुपर्ने माग धेरै पहिले देखी नै गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu