दिलिपले श्रीमतीलाई धोका दिएपछी (भिडियो)



logne-manxe

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
माघ २३ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र लाग्ने मान्छेको अफिसियल ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलरमा दिलिप रायमाझी र नन्दिता केसी लगायतका कलाकारहरु देखिएका छन् । सार्वजनिक ट्रेलरमा प्रेममा हुने रोमान्स, द्वन्द्व, विछोड लगायतका कुरालाई देखाएको छ ।

दीलिप रायमाझी, नन्दिता केसी, नीक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरुङ, धु्रव कोइराला, संगीत लिम्बु, अन्जु थापा, विमला गिरी, रिषमा थापा, लय संग्रौला लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र लोग्ने मान्छेले समाज परिवर्तन गर्न केहि हदसम्म भएपनि मदद्त गर्ने चलचित्रका निर्देशक लय संग्रौलाले बताएका छन् ।

लोग्ने मान्छे नचले आफु कालिमाटीमा तरकारी बेच्ने घोषणा समेत निर्देशक संग्रौलाले गरेका छन् । चलचित्र लोग्ने मान्छेमा कृष्ण श्रेष्ठको छायांकन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, बनिश शाहको सम्पादन रहेको छ भने उत्तम केसीको परिकल्पना रहेको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu