प्रेमले भरिएको रिस्ता र गौरवको सम्बन्ध (भिडियो)



Oye-ho

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फेब्रुअरी १ मा अष्ट्रेलियामा प्रिमियर हुन लागेको चलचित्र ‘अधकट्टी’को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक ‘ओए ओ’ नामक बोलको गीतमा रिस्ता बस्नेत र गौरव पाहाडीलाई फिचरिङ गरिएको छ । राजन इशान र सुवानी मोक्तानको स्वर रहेको सार्वजनिक गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

एकअर्काप्रतिको प्रेमभावलाई गीत मार्फत प्रस्तुत गरिएको छ । पढाईमा कमजोर दुई युवकले पैसा कमाउने चक्करमा लाग्दा भोगेका समस्याहरुलाई कमेडी शैलीमा चलचित्रमा उतारिएको बताइएको छ । विल्सन विक्रम राई, रिस्ता बस्नेत, अशिष्मा नकर्मी, प्रदिप बाँस्तोला, गौरव पहारी आदी कलाकारहरुको मुख्य भुमिका रहेको चलचित्रमा नायिका नम्रता श्रेष्ठ र नायक गजित विष्टलाई विशेष भूमिकामा देख्न सकिनेछ ।

संचारकर्मी सुब्रत आचार्यको डेब्यु निर्देशन रहेको चलचित्र ‘अधकट्टी’लाई प्रदीपकुमार उदयले निर्माण गरेका हुन् । चलचित्रमा विजय अधिकारी तथा जया शर्माको पटकथा र संवाद, रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर विष्टको नृत्य छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu