पिकेले तोड्यो बलिउड रेकर्ड



pk

बलिउडस्टार आमिर खान सलमान खान र शाहरुख खान जती चर्चित छैनन् तर उनकै चलचित्रहरुले बलिउड बक्सअफिसमा एकपछि अर्को गदैं विभिन्न किर्तिमानीहरु बनाउदैं गएको छ । त्यहि क्रममा यस भन्दा अघिल्लो बर्ष प्रदर्शनमा आएको चलचित्र धूम ३ ले पनि बलिउड बक्स अफिसमा नयाँ रेकर्ड बनाएको थियो । फेरी आमिर खान नै अभिनित चलचित्र पिकेले पनि बलिउड बक्स अफिसमा यति बेला अर्को नयाँ किर्तिमानी बनाएको छ ।

हाल प्रदर्शनतर चलचित्र पिकेले २ सय ७८ करोड कमाई गरेर अहिलेसम्मको रेकर्ड तोडेको छ । १९ डिसेम्बरदेखि प्रदर्शनमा आएको पिके प्रदर्शनमा आउनु भन्दा अगाडी देखीनै विभिन्न कारणले चर्चामा थियो । अमिरकै अघिल्लो फिल्म धुम ३ ले २ सय ७१ करोड कमाई गरेको थियो ।

पिके आजसम्मको भारतमा बनेको सबै भन्दा धेरै कमाई गर्ने फिल्मको सुचिमा परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । फिल्ममा अमिर खान, सञ्जय दत्त, अनुश्का शर्मा लगायतका कलाकारले मुख्य भुमिका रहेको छ । राजकुमार हिरानीले निर्देशन गरेको चलचित्र पिकेले प्रदर्शनमा आएको ४ दिनमा १०० करोड कमाउन सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu