थरुनीको ‘झुम्की’ पुष २३ गतेबाट खिचिँदै



Jhumki

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
अपिल विष्टको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘झुम्की’को पुष २३ गतेबाट छायांकन सुरु हुने भएको छ । सोमवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि चलचित्र ‘झुम्की’का बारेमा जानकारी गराइएको थियो । दाङ जिल्लाकी एक थारु युवतीसँग प्रेम गर्ने प्रहरी कर्मचारीले जीवनमा भोगेका उतारचढाबमा निर्माण हुन लागेको चलचित्र झुम्कीमा दयाहाङ राई, मनोज आरसी, रिश्मा गुरुङ, मलिना जोशी, भोला राज सापकोटा, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहनेछ ।

कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक अपिल विष्टले चलचित्र झुम्की ४४,४५ सालको घटनामा आधारित रहेको निर्माण हुन लागेको जानकारी दिएका छन् । त्यस्तै कलाकार दयाहाङ राईले चलचित्र झुम्कीले दर्शक तान्न सफल हुने विस्वास व्यक्त गरेका छन् । चलचित्रमा आफु अहिलेसम्मकै फरक भुमिकामा देखिने पनि बताए । सोहि क्रममा चलचित्र झुम्कीका नायिका रिश्मा गुरुङ र मलिना जोशीले आफुहरु चलचित्रमा एक थारु युवतीको भुमिकामा देखिन लागेको बताए । कार्यक्रममा बोल्दै चलचित्रका निर्माता बिजय बिराज विष्टले चलचित्र झुम्की राम्रो बन्नेमा विस्वास व्यक्त गरेका छन् । आफुले यसभन्दा अघि निर्माण गरेका चलचित्र भन्दा झुम्की चलचित्र राम्रो बन्नेमा दाबी समेत गरे ।

त्यस्तै कार्यक्रममा चलचित्रका कलाकार, प्राविधिकहरुले पनि चलचित्र झुम्की सबैपक्षबाट राम्रो बन्नेमा विस्वास व्यक्त गरेका छन् । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय र प्राविधिक संघका अध्यक्ष मनोज केसीले चलचित्र प्रति शुभकामना मन्तब्य व्यक्त गरेका थिए । सरिता केसी कार्यकारी निर्माता रहेको चलचित्र झुम्कीको सह निर्मातामा भने प्रदिप आचार्य र सुशिल अधिकारी रहेका छन् ।

चलचित्रमा रामबाबु गुरुङको कथा,पटकथा र संवाद,सोमनाथ गुरुङको मुख्य साहायक निर्देशन,अष्ट महर्जनको द्वन्द्व, कालीप्रसाद बाँस्कोटाको संगीत रहने छ । चलचित्रलाई स्तरिय बनाउन आफूले ३ वटा सेड्यूलमा छायांकन गर्न लागेको अपिलले बताए । अपिल बिष्ट प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र झुम्की दाङ जिल्ला आसपासमा खिचिने बताइएको छ । पुर्णतया चलचित्र झुम्की प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको पनि निर्देशक विष्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu