बलिउडमा फिल्मको नामले ठुलै अर्थ राख्छ । नाममा लुकाइएको सस्पेन्सले दर्शक हलसम्म आउने कतपय फिल्मकर्मीको मान्यता छ । तसर्थ फिल्म युनिटले फिल्मको नामको अर्थ हत्तपत्त सार्वजनिक गर्दैनन । तर प्रदर्शनको लागी तयार हिन्दी फिल्म ‘बेबी’को नामको अर्थ भने खुलाइएको छ ।
हालै प्रमोसन थालिएको फिल्मको नामको अर्थ निर्देशक निरज पाण्डेले खुलाएका हुन । त्यसो त उनलाई पनि नामको अर्थ गोप्य राख्न सुझावहरु आएका थिए । तर उनलाई बेकारको जिज्ञासा पैदा गराउन मन लागेन । तसर्थ उनले बेबीको अर्थ खुलाइदिए ।
निरजका अनुसार बेबी भने एक ब्ल्याक अपरेशनको निक नेम हो । उक्त अपरेशन टीममा अक्षयकुमार र अन्य सिपाही हरु रहन्छन । टीम पाँच सालको लागी ट्रायल रन मा रहन्छ । तसर्थ टीमको प्राराम्भिक अवस्थाका कारण टीमलाई ‘बेबी’ भनिएको हो ।
उक्त टीम अपरेशनकै क्रममा नेपाल समेत आएको दृश्य फिल्ममा छ । जुन दृश्य यसै बर्षको सुरुवाततिर काठमण्डौका विभिन्न स्थानमा खिचिएको थियो । अक्षयकुमारको उक्त टीमलाई नेपाली प्रहरीले पनि साथ दिएको दृश्य फिल्ममा छ । फिल्ममा अक्षयकुमारसँगै तपसी पन्नु अनुपम खेर लगायतको अभिनय छ ।