दुबईको डन बन्दै निखिल उप्रेती



nikhil

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
केहि बर्ष नेपाली चलचित्रबाट हराएका एक्शन नायक निखिल उप्रेती दुबईको डन बन्ने भएका छन् । दिपक खाँडले निर्देशन गर्न लागेको चलचित्र ‘राजा’मा निखिल डनको भूमिकामा देखिने पक्का भएको छ । चलचित्रले दुबई पेरीफेरीमा रहेका डनको कथा बोक्ने निर्देशन खाँडले ठुलोपर्दा डटकमला‌ई जानकारी दिएका छन् ।

चलचित्रमा निखिलसँगै जय किशन बस्नेत र जिके शर्मा पनि अनुबन्धित भएका छन् । नायिका को रहने भन्ने टुंगो लागिसकेको छैन । यसअघि ‘आफन्तको माया’, ‘माया नगर’, ‘सलाम छ मायालाई’ तथा केहि भोजपुरी चलचित्रको निर्देशन र अभिनयपछि खाँडले ‘राजा’ निर्देशन गर्न लागेका हुन् ।

सालिक सुवेदीको निर्माणमा निरञ्जन सिग्देल कार्यकारी निर्माताको रुपमा रहेको यस चलचित्रमा दिनेश अधिकारीको नृत्य, हिमाल केसीको एक्सन रहने छ । चलचित्रमा सह निर्माताको रुपमा अमर कुँवर र बोस्तान शर्मा छन् ।

पूर्णतया एक्सन कथामा तयार पारिने यो चलचित्रको सम्पूर्ण छायांकन फाल्गुण १५ देखी दुबईमा हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu