चलचित्र “रक्तभोग”लाई युनिभर्सल सर्टिफिकेट



rakhtabhog2

ठुलोपर्दा डटकम, काठमाण्डौ।
करिब २ बर्ष अगाडी चितवनको माडीमा बोक्सीको आरोप लगाउँदै ज्यूँदै जलाइएकी महिला ठेकनी देवीको जीवनमा आधारित भएर निर्माण भएको चलचित्र रक्तभोगले केन्द्रिय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ । बुधबार सेन्सरका बोर्डका सदस्यहरुले चलचित्र रक्तभोग हेरेपछि चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएका हुन् ।अब चलचित्रलाई सबै बर्गका दर्शकहरुले हेर्न पाउनेछन् ।

सेन्सरका सदस्यले चलचित्र रक्तभोग निकै मनपराएका चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले जानकारी दिए । हालसम्म नेपालमा प्रदर्शन मिति सार्वजनिक नगरेको चलचित्र रक्तभोग यूनिटले नेपालका विभिन्न ठााउहरुमा च्यारिटी शो सम्पन्न गरेपछि मात्र चलचित्रको अलनेपाल रिलिज गरिने निर्माता तिवारीले जानकारी दिएका छन् ।

चलचित्रमा नायिका सारिका घिमिरे ठेकनी देवीको भुमिकामा देखिएकी छिन् । विवी फुयालको निर्देशन रहेको चलचित्र रक्तभोगमा सारिकाको अलवा शैलेस पौडेल,कृष्णराज तिवारी,रचना पौडेल,रवि खनाल आदी कलाकारहरुको भुख्य भुमिका रहेको चलचित्रलाई पवन गौतमले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu