लण्डनमा रणवीर र कट्रिनाको इंगेजमेन्ट



Kaitrina

बलिउड चर्चित प्रेम जोडी रणबीर कपुर र कट्रिना कैफको अफयेरले बेला-बेलामा बलिउड नतातेको भने ओइन तर केहि दिन अगाडी क्रिसमस मनाउन लण्डन पुगेका उनीहरुले सोहि ठाँउमा इंगेजमेन्ट भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारतीय संचारमाध्यमहरुले लेखेको समाचार अनुसार गत डिसेम्बर ३० तारिखमा लण्डनमा उनीहरुवीच इंगेजमेन्ट सम्पन्न भएको दावी गरेका छन् । कट्रिना क्रिसमस मनाउन लण्डन पुगेकी थिइन् भने केहि दिन पछि रणबीर पनि लण्डन पुगेका थिए । तर उनीहरु विच भएको इंगेजमेन्ट भएको कुरा भने बाहिर आएको छैन ।

हालै फराह खानको पार्टीमा सहभागी हुँदा कट्रिनाले यसरी आफ्नो औंठी लुकाएको भारतीय संचारमाध्यमको दावी छ । सिमित परिवारका सदस्य र आफन्तमाझ उनीहरुले औंठी साटेको बताइएको छ । टाइम्स अफ इन्डियाका अुनसार रणवीर र कट्रिना यो बर्षको मे महिनापछि बिबाह गर्न चाहान्थे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu