ठुलोपर्दा डटकम, काठमाण्डौ ।
जापानीज भाषाको चर्चित चलचित्र ‘हिमावारी’ अब नेपाली भाषामा प्रदर्शनमा आउने भएको छ । नेपाली शब्दमा ‘सुर्यमुखी फूल’ नाम दिइएको चलचित्र नेपाली भाषामा डब गरेर प्रदर्शनमा ल्याउन लागिएको हो । चलचित्रले अमेरिका र जापानको विश्वयुद्ध समेटेको छ ।
योशिहिरो ओइकाले निर्देशन गरेको चलचित्रमा सादातोशी ओशिहिरो, कोदा यमादा, योशिका गिनोजाको लेखन रहेको चलचित्रमा योजो नगतसुका, केन्टा सुगा, रेना नौनिन, सकि फुकुदा लगायतले अभिनय गरेका छन् । २ घण्टा लामो उक्त चलचित्र जनवरी २६ देखि प्रदर्शनमा आउदैंछ । उक्त चलचित्र जापानमा प्रदर्शन भएपछि मात्र नेपालमा प्रदर्शनमा आउने स्रोतले जानकारी दिएको छ ।
चलचित्रले नेपाल र जापानको संकृतीको गलत वुझाइलाई समेत हटाउने विश्वास गरिएको छ । चलचित्र सूर्यमूखी फुलको नेपालमा रिलिज मिति भने तय तय भइसकेको छैन् ।