वलिउड सम्पादकलाई ‘सेफ ल्याण्डि’ङ्को जिम्मा



safe-landingश्यामसुन्दर गिरी, काठमाण्डौ। नेपालमा सम्पादन गरेको चित्त नबुझेपछि भारतीय मुलका मलेसियन नागरिक निर्देशक सन्दिप जोसेपले चलचित्र ‘सेफ ल्याण्डिङ’को पुन: सम्पादन गर्न अन्तत: वलिउड चलचित्र सम्पादक मेघना अश्चित श्रीवास्तवलाई गुहारेका छन ।

चलचित्र बनाउँदा निर्माण पक्षको तर्फ बाट कुनै किसिमको कम्पर्माइज नभएको भन्दै निर्देशक जोसेपले नेपालको सम्पादन चित्त नबुझेपछि बलिउड सम्पादकलाई सेफ ल्याण्डिङको काँटछाँटको जिम्मा लगाएका हुन् । फन्ना, क्रिष, रंग दे बसन्ती, नजर, देल्ही ६ जस्ता चलचित्रको सह-सम्पादन र एक बुरा आदमी, क्रेजी ४, कुछ लभ जैसा जस्ता चलचित्रको सम्पादन गरेकी मेघनालाई पुन: सम्पादन गर्न दिनुको कारण बारे निर्माता बसन्त भण्डारी भन्छन्- ‘हामी फिल्मलाई गुणस्तरिय बनाउने पक्षमा छौं । आशा छ, मेघनाले चलचित्रलाई स्तरिय ढंगले सम्पादन गर्नेछिन् ।’

खर्चसँग नडराएका सेफ ल्यान्डिङ टिम बलिउड सम्पादकसँगको एग्रिमेण्टको बारेमा बोल्दै निर्माता भण्डारीले थपे ‘हामीले वलिउड सम्पादकलाई कति पैसा दियौं भन्दा पनि कस्तो प्रोडक्ट चाहन्छौं भन्ने हो । उहाँको डिमाण्डलाई हामीले पूरा गरेका छौं । उहाँले हाम्रो लागि पनि राम्रो काम गरिदिनुहुन्छ भन्ने आश छ ।’ पोस्टप्रोडक्सन पनि चलचित्र बनाउदाको महत्वपूर्ण स्थान रहेकाले हरेक प्राबिधिक कामलाई गुणस्तरिय बनाउँदै लगेकाले रिलिज हुन ढिलाई भएको निर्माता भण्डारीको भनाई छ ।

‘सेफ ल्याण्डिङ’मा निरज बराल, झरना बज्राचार्य, सुशिलराज पाण्डे, सुमिना घिमिरे, शिखा शाही, बिएस राणा, रवि गिरी लगायतको अभिनय रहेको छ । अष्ट्रेलियन एनआरएन बसन्त भण्डारीको साथमा मलेसियन नागरिक राहुल अग्रवालको लगानी रहेको ड्रग्स माफियाको कथामा आधारित यो ग्याङ्स्टार चलचित्रमा निरजलाई नेगेटिभ भुमिकामा देख्न सकिन्छ ।

नो वरिज फिल्म्सको व्यानरमा निर्माण गरिएको चलचित्रमा राजन इशानको संगीत, जोन ज्याकोभको छायाँकन तथा हिमाल केसीको द्धन्दनिर्देशन रहेको छ भने यो चलचित्रको कथा निर्देशक जोसेप र शान बस्न्यातले लेखेका हुन । चलचित्रलाई काठमान्डौमा दिर्घ खड्काले सम्पादन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu