ठुलोपर्दा डटकम, कैलाली ।
यति बेला चर्चित गायिका कोमल ओलीलाई विभिन्न स्टेज कार्यक्रममा सहभागी हुन भ्याई नभ्याई हुने गरेको छ । केहि महिना यता मात्र कोमलले दर्जनौं स्टेज कार्यक्रममा सहभागी भई आफ्नो भब्य प्रस्तुती दिइसकेकी छिन् । त्यहि क्रममा कोमलले कैलालीको अत्तरियामा जारि अत्तरिया सांस्कृतिक महोत्सवको तेस्रो दिन सम्म सयौंको संख्यामा उपस्थित दर्शकहरुलाई आफ्ना चर्चित गीतहरु गाएर मनोरञ्जन दिएकी थिइन ।
सुपको मौलिक परिवेश, हाम्रो गौरव र शान यहि हो अत्तरिया सांस्कृतिक महोत्सवको पहिचान भन्ने मुल नाराका साथ सुरु भएको उक्त महोत्सवमा ईण्डियन आईडल प्रशान्त तामाङ ,कोमल वली लगायतका दर्जनौं कलाकारले आफ्नो गायक प्रस्तुत गरेका थिए । गायिका वलीले पोईल जान पाम नामक गीत लगायतका गीतहरु गाएर उपस्थित दर्शकलाई नचाएकी थिइन् ।
कोमलको प्रस्तुतीमा झुमेका दर्शकहरुले कोमलको गीतलाई निकै रुचाएका थिए । प्रहरीले समेत दर्शक थेग्न हाम्बे हाम्बे परेको अवस्थामा कोमलको आर्कषक प्रस्तुतीले झन प्रहरीलाई उपस्थित दर्शक थाम्न मुस्किन नै पर्यो । तर दर्शक भने कोमलको प्रस्तुतीले निकै रमाइरहेका थिए । महोत्सवमा कृषि, पर्यटन, खानपिन लगायतका स्टलहरु संगै संसारकै सवैभन्दा ठुलो चरा अष्ट्रिचको र थारु गाँउको मुख्य प्रदर्शनी समेत रहेको छ ।