ठुलोपर्दा डटकम, काठमाण्डौ ।
फागुन ८ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र आवेगको यति बेला धमाधम डबिङको काम चलिरहेको छ । फिल्मको सम्पादनको काम सकिएसँगै प्रदर्शनको लागी छिट्टै तयार गर्ने तयारी स्वरुप डबिङको काम सुरु भएको निर्देशक बसन्त निरौलाले जानकारी दिएका छन् ।
केहि महिना अगाडी सार्वजनिक भएको गीत ‘सोल्टिनी हाँसेको क्या राम्रो’ले यति बेला नेपाली बजारमा राम्रै चर्चा बुट्न सफल भएको छ । फिल्म आवेगमा आर्यन सिग्देल,पबित्रा आचार्य, धुर्व दत्त र अर्चना देलाला मुख्य भुमिकामा रहेका छन् । फिल्म बिजयपथ र राजनीती निर्देशनको अनुभव संगाले पश्चात आवेग निर्देशनको काम सकाएका निर्देशक निरौलाले फिल्म उत्कृष्ट बनाउने प्रयासमा जुटिरहेको बताएका छन् ।
चलचित्र सार्वजनिक प्रदर्शनमा आए पश्चात आवेगले आर्यनको एक्शन भुमिकाको खास परिचय छोड्ने निर्देशक निरौलाले दाबी गरेका छन् । फिल्म आवेग नेपालमा प्रदर्शन भएसगैं बेलायत सहित युरोपका करिब आधा दर्जन देश, अष्ट्रेलिया तथा अमेरिकामा समेत प्रदर्शनको मिति तय हुँदैछ ।