ठुलोपर्दा डटकम, काठमाण्डौ ।
लामो समय देखी चलचित्र सम्पादन तथा कलर करेक्शनमा सक्रिय अनन्त घिमिरेले सामाजिक कथावस्तुलाई उठान गर्दै निर्देशन गरेको चलचित्र इस्केपको नयाँ प्रोमो रिलिज भएको छ । सार्वजनिक ट्रेलरले दर्शकलाई चलचित्रप्रति उत्सुक्ता बढाउन सफल रहने निर्माणपक्षले बताएको छ ।
लागुऔषध दुर्व्यसनको शिकार बनेको एक युवा र उक्त शिकारबाट छुटकारा पाउन उसले गर्ने विभिन्न कार्यलाई मुख्यकेन्द्रविन्दु बनाएर निर्माण भएको चलचित्र इस्केप माघ २३ गते देशभर प्रदर्शनको तयारीमा रहेको छ । चलचित्रमा कमल श्रेष्ठ र अमित ढुंगानाले लगानी गरेका छन् ।
चन्द्रमान डंगोलको छायांकन, अमित श्रेष्ठको संगीत रहेको चलचित्रमा प्रदिप खड्का, रिमा बिश्वकर्मा, कमल श्रेष्ठ, रश्मि भट्ट, मुक्त आचार्य, प्रकाश श्रेष्ठ, सन्तोष के.कार्की, निश्चल खरेल, निश्चल लामा लगायतको अभिनय रहेको छ ।
प्रदिप मिडियाको प्रस्तुतीमा बनेको यस चलचित्रलाई प्रदिप खड्काले नै लेखेका हुन् ।
प्रोमो हेर्नुहोस्: