ठुलोपर्दा डटकम, काठमाण्डौ ।
प्रेम कथामा आधारित भएर चलचित्र कसैलाई नभन्नू निर्माण हुने भएको छ । बिहिबार भद्रकालि मन्दिरमा चलचित्रको शुभमुर्हुत गर्दै चलचित्र यूनिटले कसैलाई नभन्नू चलचित्र पुर्णतया प्रेमकथामा आधारित रहने निर्माण हुन लागेको बताएको हो ।
शुभम् फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा देशभक्त खनाल, दीनेश शर्मा, पुष्कर भट्ट, आयुष्मा कार्की, किशोर केसी लगायतका कलाकारहरुको मुख्य भुमिका रहने छ । काठमाडौं, हेटौंडा पोखरा, पाल्पा र तनहुँ लगायतका स्थानमा छायांकन हुने चलचित्र कसैलाई नभन्नूलाई मन्दिप रानाले निर्देशन गर्नेछन् भने उनले नै चलचित्र लेखेका हुन् ।
चलचित्रमा शिवहरी रेग्मी र शंकर अधिकारीको लगानी रहने छ । रामचन्द्र श्रेष्ठ र भिम विसीको संगीत, प्रमोद खरेल र शिव परियारले चलचित्रको गीतमा आवाज दिएका छन् । चलचित्रको छायांकन यहि साताबाट सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ ।