ठुलोपर्दा डटकम, काठमाण्डौ ।
बैशाख २५ मा रिलिज मिति तय भएको नेपाली चलचित्र ‘होस्टेल रिटर्न्स्’ले नयाँ ढंगबाट प्रचार-प्रसारलाई अगाडी बढाएको छ । शुक्रबार राजधानीको नेपाल प्रज्ञा प्रतिस्ठानमा एक क्याम्पसको कार्यक्रमको मौका छोप्दै फर्स्ट लुक पोस्टर र लाईभ प्रोमो देखायो ।
सञ्चारकर्मी, चलचित्र युनिट तथा क्यास्पियन भ्याली कलेजका विद्यार्थीहरु बीच नयाँ ढंगबाट प्रोमो प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपस्थित कलाकारले स्टेज नाटकमा जसरी नै चलचित्रको लाईभ प्रोमो प्रस्तुत गरेका थिए । कलाकारले लाईभ प्रोमो देखाईरहँदा क्यास्पियन कलेजका विद्यार्थीको हुटिंगले हल गुञ्जाएमान थियो ।
साथै चलचित्रको एक अडियो गीत पनि युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
गीत सुन्नुहोस्: