रेखा थापा अब ‘मेरी बास्सै’मा देखिने, हसाउँन सक्लिन त !



rekha-in-meri-bassaiठुलोपर्दा डटकम, काठमाण्डौ। नायिका रेखा थापाले नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा अभिनय गरेकी छिन्। यहि मंगलवारबाट उनले अभिनय गरेका भागहरु प्रशारण हुने बताईएको छ। लगातार तीन भागसम्म उनि देखिनेछिन्।

आफ्नो वास्तविक भुमिकामा नै रेखा देखिनेछिन्। अस्रोज २५ मा रिलिज हुने उनको चलचित्र ‘काली’को प्रचार-प्रसारमा सो तीन भागले बिशेष योगदान दिने बताईएको छ। कालीको रुपमा नै आउने रेखाले आफ्नो मनपर्ने कलाकारको धाराबाहिकमा देखिन पाउँदा खुशी लागेको बताएकी छिन्।

‘मेरी बास्सै’का निर्देशक सिताराम कट्टेल ‘धुर्मुस’ले पनि अहिलेकी चर्चित नायिका रेखा थापालाई आफ्नो धाराबाहिकमा ल्याउन पाउनु गर्वको कुरा रहेको बताएका छन्।

मंगलवार सम्म कुरौँ  रेखाले कत्तीको हसाउँछिन् !

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu