नायक रेश मरहठ्ठा ड्रगिस्ट



resh-drugist

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक रेश मरहठ्ठाले लागुपदार्थका लागि खर्चनुपर्ने पैसा नभएपछि आफ्नै प्रेमिका अरुणिमालाई बेचेका छन् । अरुणिमालाई गर्भवती बनाएका मरठ्ठाले लागुपदार्थ प्रयोग गर्न लिएको पैसा तिर्न नसकेपछि पैसाको सट्टा आफ्नै प्रेमिकालाई बेचेका हुन् ।

मरठ्ठाबाट धोका पाएपछि अरुनिमाले आत्महत्याको प्रयास गरेकी छिन् । झट्ट सुन्दा यो समाचारले तपाईहरुलाई त्रसित बनाउन सक्छ । यस्तै गरेका छन् कलाकार रेश मरहठ्ठाले । तर यो घटना बास्तविक भने होइन, गायिका दिपशिखा मिश्रको नयां गित तिम्रो मायाको म्युजिक भिडियोमा निर्देशक जीवन थापाले मरहठ्ठालाई ड्रगिष्टको भुमिकामा उतारेका हुन् ।

रमेश परियारका शब्द तथा संगीतमा दिपशिखा मिश्रको स्वर रहेको गीति एल्बम ‘म्यूजिक इज लाइफ’ लाई ए.के. नन्दले निर्माण गरेका हुन् । अखिल बास्तोलाको छायांकन रहेको म्युजिक भिडियोमा रेश मरहठ्ठा, सञ्जय पाण्डे, निता पोखरेल र नवनायिका अरुणिमा खरेलले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu