चर्चित गायिका तथा हलिउड अभिनेत्री रिहानाले अब र्यापरसँग प्रेम सम्बन्ध देखी मित्रताको सम्बन्ध समेत नगाँस्ने घोषणा गरेकी छिन् । दुईजना र्यापर क्रिस ब्राउन र ड्राक ग्राहमसँगको प्रेमसम्बन्ध विफल भएपछि रिहान्नाले यस्तो निर्णय गरेकी हुन् ।
उनले भनेकी छिन्- ‘अबदेखि कुनै र्यापरसँग प्रेमसम्बन्ध नगाँस्दिन किनकी अब मलाई थाहा भयो र्यापर विश्वासघाती हुन्छन् ।’ -क्रिस र ड्राकजस्तो कुनै पनि व्यक्तिसँग सम्बध राख्दिनँ किनकि उनीहरूले मलाई विश्वासघात मात्र होइन मेरो दिल तोडेका छन्’, रिहानाले हालै मात्र एक कार्यक्रममा यस्तो कुरा भनेकी हुन् ।
रिहानाले अगाडी भनिन्- ‘अब मेरो जीवनमा यस्ता कुनै पनि धोकेबाज र्यापरसँग प्रेमसम्बन्ध रहने छैन ।’ ग्रामी विजेता २६ वर्षीया रिहान्ना आफ्नो आठौं स्टुडियो एल्बमको तयारीमा छिन् ।