ल्होसारको अवसरमा गीतकार, गायक तथा मोडल अजय अधिकारी शुसिल सम्मानित



ajay-adhikari

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
ल्होसारको अवसरमा गीतकार, गायक तथा मोडल अजय अधिकारी शुसिल सम्मानित भएका छन् । हालै राजधानीमा ल्होसार बिशेष साँस्कृतिक तथा सम्मान कार्यक्रममा उनलाई कला क्षेत्रमा पुर्‍याएको बिशेस योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

अजयका साथमा सन् १९७३ मा १८ बर्षको उमेरमा सगरमाथा आरोहण गरेर किर्तिमान राखेका शम्भू तामाङ् र एशियाडमा नेपालको लागी एक मात्र पदक बिजेता बिमला तामाङ्लाई पनि आ-आफ्नो क्षेत्रमा पुर्‍याएको योगदानको कदरमा सम्मान गरिएको छ ।

सम्मान पछि कार्यक्रममा बोल्दै अजयले देशका दुई महान हस्तीसँगै सम्मानित हुन लायक ठानेकोमा आयोजकले धन्यवाद दिँदै उक्त सम्मानले आफुलाई अझै हौसला बढेको बताए । कार्यक्रमको आयोजना सुन्दास ग्रुपले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu