ठुलोपर्दा डटकम, काठमाण्डौ ।
दोस्रो संविधानसभाको निर्वाचनपछि राजनीतिक दलका नेताले माघ ८ गते संविधान जारी गर्छौं भनेर गरेको प्रतिवद्दता आज(माघ ८)बाट सकिँदै छ तर संविधान यसपटक पनि नआउने निश्चित भएको छ । संविधान समयमा नआइदिँदा यति बेला देशका युवाहरु निराश भएर विदेशी भुमिका रोजगारका लागी जानु पर्ने बाध्यात्मक अवस्थामा थप प्रश्रय मिलेको छ ।
हालको तथ्यांकमा हरेक दिन करिब १५०० भन्दा बढि यूवाहरु रोजगारीकै शिलशिलामा देश छोडिरहेका छन् । नेपालमा राजनितिक स्थिरता नहुनु, समयमा संविधान जारी नहुनु, देशमा शान्ति सुरक्षा नहुनु, रोजगारीको अवसर नहुनु आदि इत्यादी कुराहरुले गर्दा नेपाली युवाहरु खाडी मुलुकमा आफ्नो श्रमबेच्न बाध्य भइरहेका छन् । देशमा संविधान नहुँदा यूवाहरुमा हुनेगरेको निराशालाई मुख्यविन्दुमा राखेर एउटा लघुचलचित्र निर्माण भएको छ ।
सत्यराज चौलागाईँको निर्देशनमा सौर्य विक्रम थापाको प्रस्तुती रहेको लघु चलचित्र ‘संविधान …?’ले देशमा संविधान नहुँदा रोजगारका लागी विदेशी भूमिमा श्रमबेच्न जानु पर्ने अवस्थालाई देखाएको छ । साथै चलचित्रले देशभक्त नागरिकको धैर्यतालाई गम्भिर ढंगले उठाएको छ ।
यस लघु चलचित्रमा राजिब खत्री, सन्तोष कुमार थापा, राजकुमार खाती, कैलाश लामा र मेघा केसीले अभिनय गरेका छन् । चलचित्रलाई राजकुमार खातीले लेखेका हुन् ।
हेर्नुहोस् संविधान … ?