‘स्केप’ बास्केटबल डायरीजको कपी होइन: खड्का



pradeep-escape

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
माघ २३ गते देशव्यापीरुपमा प्रदर्शन हुन लागेको चलचित्र ‘स्केप’ सन् १९९५ मा रिलिज भएको हलिउड फिल्म ‘बास्केटबल डायरीज’बाट कथा लिईएको भन्ने हल्ला चल्न थालेपछि उक्त कुरा हल्ला मात्र भएको निर्माण पक्षले जनाएको छ । ट्रेलर सार्वजनिक भएपछि ‘बास्केटबल डायरीज’को कथासँग मिल्न गएको जस्तो देखिएपनि उक्त चलचित्रको कथा नमिल्ने बताईएको छ ।

चलचित्रका नायक प्रदिप खड्काका अनुसार ‘बास्केटबल डायरीज’ जहाँबाट सकिन्छ त्यहाँबाट ‘स्केप’को कथा सुरु हुन्छ । ‘ड्रगिष्टका कथामा जतिपनि चलचित्र बनेका छन् ति सबैमा कि त ड्रगिष्ट सकिन्छ कि त सुध्रिएको देखाईएको छ, तर ‘स्केप’ले भने सुध्रिएपछि समाजले हेर्ने नजर र उसको जीवनका उतारचढावलाई प्रस्तुत गर्छ’ खड्काले ठुलोपर्दा डटकमसँग बताए ।

खड्काले स्केपलाई बास्केटबल डायरीजको दोस्रो भाग भन्न मिल्ने बताए । कमल श्रेष्ठ र अमिता ढुंगानाको लगानी रहेको चलचित्र ‘स्केप’मा प्रदिप खड्का, रिमा बिश्वकर्मा, कमल श्रेष्ठ, रस्मि भट्ट, मुक्ता आचार्य, प्रकाश श्रेष्ठ, सन्तोष कार्की लगायतका कलाकारको अभिनय रहेको छ । लागु पदार्थ को बिषय बोकेको स्केपको कथा तथा पटकथा नायक चलचित्रका नायक प्रदिप खड्काले तयार पारेका हुन् । चलचित्रलाई अनन्त घिमिरेले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu