ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाली चलचित्रका पब्लिसिटी डिजाईनर शान थापाले म्यूजिक भिडियो निर्देशनमा हात अगाडी बढाएका छन् । ‘माया मलाई’ बोलको गीत मार्फत उनि निर्देशकको परिचय बनाउने बाटोमा लागेका छन् ।
युथ क्रियशनले बजारमा ल्याएको उक्त म्युजिक भिडियो सुगम नेम्वाङ्,चाँदनी राई र सागर थापा फिचारिंग छन् । हरि न्यौपानेको छायांकनमा टेकेन्द्र शाहले सम्पादन गरेको भिडियो पछिल्लो जेनरका दर्शक टार्गेटेड भिडियो बनेको बताईएको छ ।
गीतमा रविना थापा मगरको शब्द तथा संगीतमा युवा पार्श्व गायक बादल लिम्बु तथा गायिका रविना थापा मगरको स्वर रहेको छ ।
भिडियो हेर्नुहोस्: