नेपाली चलचित्रका प्राविधिक मोहन बरालद्वारा आत्महत्या



ठुलोपर्दा डटकम, काठमाण्डौ ।
विगत २० बर्षदेखि लाइटम्यान र क्रेन अपरेटरको रुपमा काम गर्दै आएका नेपाली चलचित्रका प्राविधिक मोहन बरालले आत्महत्या गरेका छन् । शनीवार राती आफ्नै डेरामा झुण्डिएर आत्महत्या गरेका मोहन बरालको हाल टिचिङ अस्पतालमा पोष्र्टमार्टमको काम भैरहेको छ ।

पोस्टमार्टम पश्चात् आज साझँ नै पशुपती आर्यघाटमा दाहसंस्कार गरिने नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले बताए । साथै प्राविधिक मोहन बरालको दुखद निधन भएका कारण आज आइतबारको सम्पुर्ण चलचित्र, म्यूजिक भिडियोको छायांकन रोक्न चलचित्र प्राविधिक संघले आग्रह गरेको छ । रामेछाप घर भएका बराल सुरुवातमा लाइटम्यानको जिम्मा सम्हालेका थिए भने पछिल्लो समय क्रेन अपरेटरको रुपमा फिल्ममा काम गर्थे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu