बेल्जियममा अर्को अवार्ड हुँदै



belgiumठुलोपर्दा डटकम, काठमाण्डौ ।
नेपाल बेल्जियम फ्रेन्डसिप एसोसियसन र ‘अन्तरराष्ट्रिय कलाकार मञ्च (नेपाल)’को संयुक्त आयोजनामा २६ सेप्टेम्बर २०१५ ‘अन्तरराष्ट्रिय कलाकार मञ्च सम्मान २०७१’ बेल्जियम आयोजना हुने भएको छ । उक्त ‘अन्तरराष्ट्रिय कलाकार मञ्च सम्मान २०७१’ बाट विभिन्न १५ विधामा अवार्ड प्रदान गरिने मंगलवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।

अवार्डका लागि उत्कृष्ट गायक सम्मान, गायिका सम्मान, नेपाली संगीत विशेष योगदान (अन्तरराष्ट्रिय) सम्मान, नेपाली चलचित्र विशेष योगदान सम्मान, नेपाल सेवा सम्मान, उत्कृष्ट नृत्य निर्देशक सम्मान, खलनायक सम्मान, हाँस्य कलाकार सम्मान, गीतकार सम्मान, संगीतकार सम्मान, चलचित्र सम्मान, निर्देशक सम्मान, नायक सम्मान, नायिका सम्मानका विधा रहेका छन् । यो अवार्डमा सहभागी हुनका लागि वि.सं २०७१ साल वैशाख १ गतेदेखि चैत्र ३१ गतेसम्म प्रदर्शनमा आएका चलचित्रले आजका मितिबाट दर्ता गर्ने सक्ने पत्रकार सम्मेलनमा प्रदिप उदयले जानकारी दिए ।

अन्तरराष्ट्रिय कलाकार मञ्च (नेपाल) ले आज पत्रकार सम्मेलनमा दुई जना अशक्त प्राविधिकलाई २६-२६ हजार नगद सहयोग पनि गरेको छ । उक्त अवाडृ कार्यक्रमका लागी करिब २५ जनाको टोली नेपालबाट बेल्जियम जाने बताइएको छ । आज आयोजित पत्रकार सम्मेलनमा अन्तराष्ट्रिय कलाकार मंच यूरोपका अध्यक्ष उज्जवल केसीले बेल्जियमदेखि कार्यक्रममा मोबाइलबाट सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu