अमिताभ बच्चन पद्म विभूषण सम्मानबाट सम्मानित हुने



Amitabh

बलिउड फिल्मका महानायक अमिताभ बच्चन यसपटक पद्म विभूषण सम्मानले सम्मानित हुने भएका छन् । खबरका अनुसार अमिताभ उक्त सम्मानको लायक भएका कारण उनलाई पद्म विभूषण सम्मान दिन खोजिएको हो । यसभन्दा पहिलेपनि पद्म भूषण र पद्मश्रीबाट सम्मानित भएका ७२ बर्षिय अमिताभ बच्चनले भनेका छन् मलाई उक्त सम्मान दिन खोजेकोमा म आभार व्यक्त गर्न चाहान्छु, मसँग भारत सरकारलाई धन्यवाद दिने कुनै शब्द नै छैन ।

अमिताभ बच्चनले आफ्नो ब्लगमा भने -‘भारत सरकारले आज मलाई देशको सर्वोच्च पद्म सम्मानबाट सुशोभितगर्न गएकोमा म आभारी छु । मसँग आभार प्रकट गर्ने कुनै शब्द नै छैन ।’ अमिताभले अगाडी भने -‘मेरो पिता जसले पद्मश्री, पद्म भूषण र पत्‍नी जयाको पद्मश्री, बुहारी ऐश्वर्याको पद्मश्री र म पद्म श्री, पद्म भूषणबाट सम्मानित भइसकेका छौं । र अब मलई पद्म विभूषणबाट सम्‍मानित हुन जादैंछु । हाम्रो परिवारमा यो सातौं पद्म अवार्ड हो । यस्तो सौभाग्ने देशका कसैले मात्र पाउँछन् त्यसमा म परेको छु र हाम्रो परिवार सबैलाई धन्यवाद प्रकट गर्न चाहान्छ ।’

विगत ५ दशक देखी बलिउड फिल्ममा अनबरत रुपमा लागी परेका बलिउडका महानायक अमिताभ बच्चनले करिब ७०० भन्दा बढि बलिउड फिल्ममा अभिनय गरेका छन् । हाल उनी अभिनित चलचित्र शमिताभ प्रदर्शनको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu