ठुलोपर्दा डटकम, काठमाण्डौ ।
गायक तथा चर्चित हाँस्यकलाकार आरपी भट्टराईले तोते बोलीको गीत बजारमा ल्याएका छन् । हाँस्यकलाकार तथा गायक भट्टराईले आफ्नो दोस्रो गीति अडियो एल्बम नेपाली भुँडीमा रहेको शिर्ष गीतलाई म्युजिक भिडियो सहित हालै युट्युबमार्फत सार्बजनिक गरेका हुन् ।
सार्वजनिक म्युजिक भिडियामा शिवशंकर (जोगिन्दर), पल्पसा डंगोल (चम्सुरी), मरिचमान श्रेष्ठ (बल्छि धुब्रे), ज्योती काफ्ले (नक्कली बाबुराम) विनोद मानन्धर, नायिका तथा मोडल अनिता केसी, मोडल रिना गिरीलगायत झण्डै एक दर्जनले अभिनय गरेका छन् । ‘गायक प्रकाश पौडेलले रोएर गीत गाउनुभयो, मदनकृष्ण श्रेष्ठले हासेर गीत गाउनुभयो, उहाँका छोरा यमन श्रेष्ठले खासखुस गरेर गीत गाउनुभयो’ टेलिभिजन दर्शकमाझ इन्जियनियल लादालामका रुपमा चिनिएका आरपी भन्छन् ‘मैलेचाहिँ मलाई चिनाउने लादालाम क्यारेक्टरअनुसार तोतेबोलीमै गीत गाएँ ।’
सधैँ केही नयाँ गरौँ भन्ने सोचेर नयाँ-नयाँ प्रयोग गर्दै आएका भट्टराईले कमेडी सिरीयल तितो सत्यमा तोते बोली बोल्ने अधवैशेको पात्रसँगै आफ्नै बडेमानको भुँडी सुहाउँदो शब्दका साथ तोते बोलीमा गीत गाएका हुन् । हाँस्य अभिनेताका रुपमा स्थापित भट्टराई गायकका रुपमा पनि स्थापित नाम हुन् । उनले नेपाली भुँडी अगाडि पनि याया थुक्क नामक एल्बम बजारमा ल्याएका थिए । नेपाली भुँडीमा भने ९ गीत संग्रहित छन् । यसका २ गीत माली गाईको घ्यु र अमलिसोको कुच्चोले यसअघि नै बजार तताईसकेको छ भने यसको म्युजिक भिडियो पनि आईसकेको छ।
भिडियो हेर्नुहोस्: