आमा-छोराको भावनात्मक कथा समेटिएको चलचित्र ‘आ बाट आमा २’ को टिजर सार्वजनिक



काठमाडौं – आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र ‘आ बाट आमा २’ को ३ मिनेट ३८ सेकेन्ड लामो टिजर सोमबार सार्वजनिक गरिएको छ। विजया दशमीको अवसर पारेर आगामी असोज ३० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउन लागेको यस चलचित्रको टिजरले आमा र छोराबीचको भावनात्मक सम्बन्ध तथा दशैंको परिवेशलाई प्रस्तुत गरेको छ। सार्वजनिक टिजरमा मुख्य पात्र कृष्ण (पल शाह) ले मलिकालाई बोकेर हिँडिरहेको, आमाको औषधि लिन अस्पताल गएको र घर फर्किंदा आमा (विपना थापा) सुतिरहेको अवस्थामा देख्दा डराएको मर्मस्पर्शी दृश्य समावेश गरिएको छ।

“दशैँको जमरा र आमाको पर्खाइको कथा” लाई मुख्य विषयवस्तु बनाइएको यस चलचित्रमा पल शाह, मलिका महत र विपना थापाका साथै रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको यस चलचित्रका लेखक चन्द्र पन्त र रोशन भट्ट हुन् भने संवाद रोशन भट्टले मात्र तयार पारेका हुन्। चलचित्रका कार्यकारी निर्माता करण सिंह हुन्। प्राविधिक पक्षतर्फ नवराज उप्रेतीको छायांकन, बाबुल गिरीको सङ्गीत, गम्भीर बिष्टको नृत्य निर्देशन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ। टिजर साहिल खानले तयार पारेका हुन्।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu