चलचित्र ‘१२ गाउँ २’ को पहिलो गीत ‘जुनेली’ सार्वजनिक, समीर भट्ट र डेब्यु कृशुको आकर्षक ब्रेकडान्स



काठमाडौं – अभिनेता तथा निर्देशक विराज भट्टको निर्देशनमा निर्माण भएको बहुप्रतीक्षित चलचित्र ‘१२ गाउँ २’ को पहिलो गीत ‘जुनेली’ सार्वजनिक गरिएको छ। आगामी असोज ३० गते दशैंको फूलपातीको अवसर पारेर देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको सार्वजनिक भिडियोमा अभिनेता समीर भट्ट र डेब्यु अभिनेत्री कृशु शाही ‘काफिया’ को आकर्षक ब्रेकडान्स तथा नृत्य प्रस्तुत गरिएको छ।

सुगम पोखरेलको स्वर रहेको यस गीतमा युग भुषालको शब्द तथा सङ्गीत रहेको छ भने कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन्। लामो समयपछि नेपाली चलचित्रमा ब्रेकडान्सलाई विशेष स्थान दिएर तयार पारिएको यस गीतले दर्शकको उत्साह थप बढाउने निर्माण पक्षको विश्वास छ। चलचित्रमा समीर र कृशुका साथै निर्देशक विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट लगायतका कलाकारको अभिनय रहेको छ। यसै चलचित्रमार्फत कृशु शाही र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको यस चलचित्रकी निर्माता सरस्वती भट्ट हुन् भने कथा सन्तोष सरकारले लेखेका हुन्।

गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu