प्रदर्शनको संघारमा चलचित्र ‘अक्षरा’, कारुणिक गीत ‘भाग्यले होकी’ सार्वजनिक



काठमाडौं – आगामी शुक्रबार अर्थात् असोज २३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘अक्षरा’ को नयाँ गीत सार्वजनिक भएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले चलचित्रमा समावेश ‘भाग्यले होकी’ बोलको कारुणिक (स्याड) गीत दर्शकमाझ ल्याएको हो।

रचना रिमालको स्वर, सुरेन्द्र रानाको शब्द र कर्णराज गिरीको सङ्गीत रहेको यस गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्। सार्वजनिक भिडियोमा चलचित्रका मुख्य कलाकारहरू न्यान्सी खड्का, सुशील सिटौला र रिस्ता अधिकारीलाई निकै भावुक अवतारमा प्रस्तुत गरिएको छ। ‘भाग्यले होकी मलाई जिन्दगीले ढाँट्यो’ भन्ने भावसहितको यस गीतमा नायिका न्यान्सी निकै निराश देखिएकी छन्, जसले चलचित्रको मर्मस्पर्शी कथालाई इङ्गित गरेको छ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस चलचित्रमा सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेकी छन्। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको चलचित्रको कथा निर्माता उग्रसेन आफैंले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्। चलचित्रमा न्यान्सी र सुशीलका साथै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ।

गीतः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu