अनमोल र प्रिन्सीको रोमान्टिक केमेस्ट्री सहित ‘बाटुलो जून’को डान्सिङ गीत ‘अल्लारे ठिटो आयो’ सार्वजनिक



काठमाडौं – यहि कात्तिक २६ गतेबाट प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित चलचित्र ‘बाटुलो जून’मा समावेश डान्सिङ गीत ‘अल्लारे ठिटो आयो’ सार्वजनिक भएको छ। नजिकिँदै गरेको तिहार र देउसीभैलोलाई लक्षित गर्दै निर्माण टोलीले आइतबार युट्युबमार्फत यस गीतको वर्ल्ड प्रिमियर गरेको हो। सार्वजनिक भिडियोमा सुपरस्टार अनमोल केसी र डेब्यु अभिनेत्री प्रिन्सी खतिवडालाई फिचर्ड गरिएको छ, जहाँ उनीहरूबीचको दोहोरी नोकझोक र आकर्षक प्रेमिल केमेस्ट्री देख्न सकिन्छ।

रुबै र प्रविण बेडुवालको स्वर रहेको यस गीतमा रूप महानताको सङ्गीत निर्माण, मिक्सिङ र मास्टरिङ रहेको छ। पञ्चेबाजा, सारङ्गी, गितार र बाँसुरीको कर्णप्रिय धुन समेटिएको यस गीतको भिडियोमा पुरानो नेपाली समाजको मौलिक परिवेशलाई जीवन्त रूपमा दृश्यांकन गरिएको छ।

भुवन केसीको निर्देशन तथा सनराइज पिक्चर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको ‘बाटुलो जून’ ३० देखि ४० को दशकको नेपाली परिवेश र तत्कालीन आदर्श प्रेमलाई केन्द्रमा राखेर तयार पारिएको चलचित्र हो। जिया केसी र भविष्य खड्का निर्माता तथा विवेक थापा सह-निर्माता रहेको यस चलचित्रमा निर्देशक केसी स्वयंको महत्त्वपूर्ण भूमिका रहेको छ भने अभिनेत्री गरिमा पन्तले लामो समयपछि यसै चलचित्रमार्फत अभिनयमा पुनरागमन गरेकी छन्। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको संयुक्त लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन, रोमन बज्राचार्यको पार्श्व सङ्गीत र प्रदीप श्रेष्ठको एसोसिएट निर्देशन रहेको छ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu